मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

आलियाको ‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज

शुक्रबार, २१ माघ २०७८, १५ : ४१
शुक्रबार, २१ माघ २०७८

आलिया भट्ट, अजय देवगन अभिनित फिल्म ‘गंगुबाई काठियावाडी’ को ट्रेलर रिलिज भएको छ । ट्रेलरमा कमाठीपुरमा हुर्किएकी गंगुबाई एक आम महिलाबाट माफिया क्विन बनेको कथा देखाइएको छ । फिल्मको ट्रेलर रिलिज भएको जानकारी दिँदै अभिनेत्री भट्टले लेखेकी छन् ‘गंगुबाई जिन्दावाद ।’ 

फेब्रअरी २५ मा रिलिज हुने फिल्म सञ्जय लीला भन्सालीले निर्देशन गरेका हुन् । अभिनेत्री आलियाले फिल्ममा वेश्यालय मालिक मेडम गंगुको भूमिका निर्वाह गरेकी छिन् । पत्रकार हुसैन जैदीले लेखेको पुस्तक माफिया क्विन्स अफ मुम्बईमा आधारित रहेर फिल्म निर्माण भएको हो ।

फिल्म यस अगाडि ८ जनवरीमा रिलिज हुने तरखरमा थियो । कोरोनाको तेस्रो लहरका कारण २५ फेब्रुअरीमा पुगेको हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप