बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

१४ करोड लागतमा धादिङको नीलकण्ठ नगरपालिकामा औद्योगिक ग्राम बन्ने

शुक्रबार, २१ माघ २०७८, १४ : ३६
शुक्रबार, २१ माघ २०७८

धादिङको नीलकण्ठ नगरपालिकामा औधोगिक ग्राम बन्ने भएको छ । नीलकण्ठ नगरपालिका वडा नं. ८ स्थित रामकोट घिउरिनटारमा ५० रोपनी क्षेत्रफलको सार्वजनिक जग्गामा औद्योगिक ग्राम स्थापना गर्नेगरी बिहीबार नगरपालिका र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयबीच सहमति भएको हो ।

कुल १४ करोड रुपैयाँ लागतमा बन्ने यस औधोगिक ग्राम स्थापनाका लागि सम्झौतापत्रमा नीलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव चन्द्रकला पौडेलले हस्ताक्षर गरेका छन् ।
त्यसो त यस उद्योग ग्राम स्थापनाका लागि गत पुस ३० गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृत समेत दिइसकेको छ । औद्योगिक ग्रामको स्थापनाबाट स्थानीय कच्चा पदार्थमा आधारित साना, घरेलु, मझौला तथा ठ्रूला उद्योगहरु स्थापना गरी युवा रोजगारी, उद्यमशीलताको विकासमा समग्र नीलकण्ठ नगरपालिका र धादिङ जिल्लाकै आर्थिक विकासमा महत्वपूर्ण योगदान दिने अपेक्षा राखिएको छ ।

यस आयोजनका लागि चालू आर्थिक वर्षमा नै पूर्वाधार विकास गर्न पहिलो किस्ता बापत ९२ लाख रुपैयाँ उपलब्ध गराउने सचिवस्तरिय निर्णय समेत भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप