मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

कोट म्यारिज गर्दै फरहान र शिवानी

शुक्रबार, २१ माघ २०७८, १४ : ११
शुक्रबार, २१ माघ २०७८

बलिउड अभिनेता तथा निर्देशक फरहान अख्तर र उनकी प्रेमिका शिवानी दान्डेकरको विवाहको खबर केही समयदेखि मिडियामा छाएको छ । तर पुष्टि भने हुन सकिरहेको थिएन । अहिले भने फरहानका बुबा तथा वरिष्ठ लेखक जावेद अख्तरले उनीहरुको विवाहको खबर पुष्टि गरेका छन् । जावेदले फराहान र शिवानी २१ फेब्रुअरीमा अदालती (कोट म्यारिज) गर्न लागेको बताए ।

‘कोट म्यारिजपछि एक निजी समारोह आयोजना हुनेछ । जसमा नजिकका साथीभाई र परिवारका सदस्य मात्रै सहभागी हुनेछन् । जावेदले अगाडि भने, ‘विवाहको तयारी भइरहेको छ । कोरोनाका कारण हामीले विवाह भब्य रुपमा आयोजना गर्न सक्दैनौ ।’ जावेदले शिवानी निकै राम्रो केटी भएको र आफ्नो परिवारको सबै सदस्यलाई उनी  मन परेको समेत खुलाएका छन् ।

यसअगाडि फहान र शिवानीको योजना फेब्रुअरीमा कोर्ट म्यारिज र अप्रिलमा भब्य विवाह गरेको समाचार मिडियाहरुले बनाएका थिए । कोरोनाको बढ्दो कहरका कारण यो जोडीले अहिले सामान्य विवाह गर्ने निर्णय गरेको बताइन्छ ।
 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप