बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरियाली नेता किमले गरे चिनियाँ राष्ट्रपतिको प्रशंसा

शुक्रबार, २१ माघ २०७८, १३ : ११
शुक्रबार, २१ माघ २०७८

उत्तर कोरियाली नेता किम जोङ उनले बेइजिङ ओलम्पिकलाई ‘ठूलो विजय’ भन्दै चीनका राष्ट्रपति सी जिनपिङलाई बधाइ दिएका छन् । ‘विश्वव्यापी स्वास्थ्य संकट र अप्रत्यासित गम्भीर परिस्थितिका बाबजुद बेइजिङ हिउँदे ओलम्पिकको सफल उद्घाटन समाजवादी चीनले प्राप्त गरेको अर्को ठूलो विजय हो,’ किमले राष्ट्रपति सीलाई पठाएको पत्रमा उल्लेख छ । 

आफूले दुई पक्ष र दुई देशबीचको बीचको सम्बन्धलाई निरन्तर नयाँ उचाइमा पुर्याउने किमले बताएका छन् । हिउँदे ओलम्पिक शुक्रबार राजधानी बेइजिङमा हुँदैछ ।  यसैबीच राष्ट्रसंघको सुरक्षा परिषदले उत्तर कोरियाको मिसाइल परीक्षणबारे छलफल गर्ने भएको छ । उत्तरले मध्यम दूरीको व्यालिस्टिक मिसाइल (आईबीएम) सहित जनवरी महिनामा मात्र ७ ओटा मिसाइल परीक्षण गरेको छ । उसले सन् २०१७ पछि आइतबार पहिलो पटक आईबीएम प्रहार गरेको थियो । 
उत्तर कोरियाको आणविक परीक्षणलाई लिएर राष्ट्रसंघले उमाथि विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप