आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौं उपत्यका वरपरका डाँडामा हिमपात

शुक्रबार, २१ माघ २०७८, १३ : ०५
शुक्रबार, २१ माघ २०७८

नेपालमा माघमा निरन्तर वर्षा र हिमपात भएको छ । माघ लागेसँगै सुरु भएको वर्षा र हिमपात अन्तिम सातासम्म लाग्न थाल्दा पनि भइरहेको छ । बीचको केही हप्ता मौसममा सुधार देखिए पनि पश्चिम न्यूनचापीय वायुका कारण बदली हुँदा वर्षा र हिमपात भएको छ ।

बिहीबारदेखि देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा परेको वर्षा र हिमपातले देशभरको जनजीवन कष्टकर बनिरहेको छ । वर्षासँगै बढेको चिसोले बालबालिका र वृद्धवृद्धा तथा पशु चौपायालाई असर गरेको छ । 

हुम्ला, मनाङ, मुगुसहित हिमाली क्षेत्रमा भएको हिमपातले तीन फिटभन्दा बढी हिउँ जमेको छ । काठमाडौं उपत्यकाको काँठ क्षेत्रसहित देशभरका उच्च पहाडी क्षेत्रमा पनि हिमपात भएको छ । 

फुल्चोकी, शिवपुरी, दलचोकी, चन्द्रागिरिसहित काठमाडौं उपत्यका आसपासलगायत उच्च पहाडी क्षेत्रमा पनि पटकपटक हिमपात भएको छ । अझै केही दिन मौसममा सुधार आउन समय लाग्ने मौसमविद्हरुले जानकारी दिएका छन् । मौसमविद्हरुले देशभरि नै भारी वर्षा भइरहेको जनाएका छन् । उनीहरूका अनुसार शनिबार बिहानसम्म मौसम बदली नै रहने छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप