शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

बलिउड फिल्ममा अभिनय गर्दै सुनिल थापा

शुक्रबार, २१ माघ २०७८, १२ : ५२
शुक्रबार, २१ माघ २०७८

कलाकार सुनिल थापा फेरि एकपटक बलिउड फिल्ममा देखिने भएका छन् । उनी बलिउड फिल्म ‘काजी’ मा देखिन लागेका हुन् । फिल्मको सुटिङ अहिले भइरहेको बताइएको छ । त्यसैका लागि सुनिल अहिले मुम्बईमा छन् ।

‘काजी’ अभिनयका लागि मुम्बई पुगेका कारण सुलिनले नेपाली फिल्म ‘लाखे’ छाडेका छन् । उनले छाडेपछि ‘लाखे’ निर्माण युनिटले उनको सट्टामा फिल्ममा प्रशान्त ताम्राकार भित्र्याइएको छ ।

अभिनेता सुनिलले पनि अहिले आफू बलिउड फिल्म अभिनय गरेको बताए । फिल्मको बिषयमा भने उनले बिस्तृत विवरण अहिले सार्वजनिक गर्न नमिल्ने बताए ।

केही अगाडि सुनिलले बलिउड सुपरस्टार सलमान खानको प्रोडक्सन हाउसबाट निर्माण हुने फिल्म ‘क्वाथा’ गर्ने चर्चा समेत चलेको थियो । सो समय ‘क्वाथा’ फिल्म अभिनयका लागि आफुलाई अफर आएको सुनिल आफैले सार्वजनिक गरेका थिए ।

सुनिलले केही पहिले बलिउड फिल्म ‘मेरी कोम’ पनि अभिनय गरेका थिए । ‘मेरी कोम’ बाहेक केही बलिउड फिल्म अभिनय गरेका सुनिल नेपाली फिल्मका लोकप्रिय  खलपात्र हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप