सामाजिक सुरक्षा कोषले गऱ्यो ६९ करोड दाबी भुक्तानी
योगदानमा आधारित सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई ६९ करोड रुपैयाँ दाबी भुक्तानी गरेको छ । कोषले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वृद्धावस्था सुरक्षा योजना, औषधोपचार तथा स्वास्थ मातृत्व सुरक्षा योजना, दुर्घटना तथा अशक्त सुरक्षा योजना, आश्रित परिवार सुरक्षा योजना लगायत विविध योजनामा ६९ करोड रुपैयाँ भुक्तानी गरेको हो । यो रकम श्रमिकले गरेको कुल योगदानको ५.४ प्रतिशत हो ।
कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत ५६ करोड ५२ लाख ६१ हजार ४१९ रुपैयाँ माग दाबीका आधारमा योगदानकर्ताहरुलाई भुक्तानी गरेको छ।
यसैगरी, औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत ९ करोड ७१ लाख ७२ हजार ४१३ रुपैयाँ , दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत ९० लाख १४ हजार १८० रुपैयाँ र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत एक करोड ८६ लाख ३० हजार १४१ रुपैयाँ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
यता, कोषमा भने हालसम्म १२ अर्ब ७६ करोड रुपैयाँ योगदान रकम सङ्कलन भएको छ । कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । हालसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आवद्ध भएका छन् ।
यस्तो योगदानकर्ताहरु प्रदेश अन्तरगत सबैभन्दा बढी बागमती प्रदेशबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट एक हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आवद्ध भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चितनको माडीमा १२ सय परिवार गरिब
-
रुसका रासायनिक सुरक्षा बल प्रमुखको हत्या आरोपमा उज्बेकिस्तानी युवक पक्राउ
-
विदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण कार्य सुधारका लागि प्रतिवेदनमाथि छलफल
-
१२ बजे, १२ समाचार : नेपालबाट चीनमा मासु निर्यातका लागि सम्झौतादेखि दुर्गा प्रसाईंलाई धरौटीमा रिहा गर्न आदेशसम्म
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या