बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

बाघ गणनाका लागि राखिएको क्यामेरा चोरी

शुक्रबार, २१ माघ २०७८, ११ : ३६
शुक्रबार, २१ माघ २०७८

रौतहटमा बाघ गणनाका लागि वनमा राखिएको क्यामेरा चोरी भएको छ । वनमा बाघको संख्या बढदै गएपछि राष्ट्रिय प्रकृति संरक्षण कोष र नेपाल निकुञ्ज विभागले बाघ गणनाका लागि सिसी क्यामेरा जडान गरेको थियो । जिल्लाको  पौराइ क्षेत्रमा राखिएको २ वटा सिसी क्यामेरा चोरी भएको हो । 

बाघ पानी खान आउने क्षेत्र बागमती नदी छेउमा राखिएको २ वटा क्यामेरा हराएको वन्यजन्तु प्राविधिक टिकाराम थारुले जानकारी दिए । बाघको बासस्थान भएका सम्भावित स्थानहरुमा १२२ थान सिसी क्यामेरा जडान गरिएकोमा २ वटा चोरी भएको थारुले जानकारी दिए । जिल्लाका अन्य स्थानमा रहेका क्यामेराहरूको निरीक्षण भैरहेको उनले बताए । 

गत वर्षको गणनामा ४ वटा बयस्क पाटे बाघ क्यामेरामा कैद भएको डिभिजन वन कार्यालय रौतहटका प्रमुख अमरदेव यादवले जानकारी दिए  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप