हिउँले ढाकियो जुम्ला, तेस्रो पटक हिमपातपछि जनजीवन कष्टकर (फोटोफिचर)
शुक्रबार, २१ माघ २०७८, ०८ : ५०

जुम्लामा पुनः हिमपात भएको छ । बिहिबार साँझदेखि सुरु भएको हिमपात अहिले पनि जारी छ। पश्चिमी न्यून चापीय प्रणाली सक्रिय भएसँगै उच्च पहाडी तथा हिमाली भेगमा हिमपात भएपछि चिसो पनि बढेको छ । चिसोका कारण जनजीवन प्रभावित बनेको छ ।
यो वर्ष जुम्लामा तेस्रो पटक हिमपात भएको हो । हिमपातका कारण मानिस सँगसँगै पशुचौपायलाई पनि समस्या भएको छ । जुम्लाको अधिकांश क्षेत्रमा बिहीबारदेखि हिमपात भएपछि आधा फिटसम्म हिउँ जमेको छ । लेकाली क्षेत्रमा झण्डै एक फिट बढी हिउँ जमेको छ ।
हिमपातका कारण जुम्लामा बत्ती र इन्टरनेट सेवा पनि अवरुद्ध भएको छ । चिसोका कारण दैनिकी कष्टकर बनेको चन्दननाथ नगरपालिकाका मनोज नेपालीले बताए । जुम्लामा स्याउ लगाउने र स्याउका बिरुवा काँटछाँट गर्ने समय भएकाले किसानका लागि भने सहज भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख