शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

रियल मड्रिडलाई पराजित गर्दै बिल्वाओ सेमिफाइनलमा

शुक्रबार, २१ माघ २०७८, ०७ : १४
शुक्रबार, २१ माघ २०७८

एलेक्स बेरेनगुयरले ८९औं मिनेटमा गरेको गोल निर्णायक बन्दा  रियल मड्रिडलाई पराजित गर्दै एथ्लेटिको बिल्वाओ स्पेनिस कोपा डेल रेको सेमिफाइनलमा प्रवेश गरेको छ   ।

बिहीबार राति भएको खेलमा बैकल्पिक खेलाडी एलेक्सले गोल गर्दा स्पेनिस ला लिगा लिडर रियल प्रतियोगिताबाट बाहिरियो । यस अघि बिल्वाओले अर्को ला लिगा क्लब बार्सिलोनालाई पराजित गर्दै क्वाटरफाइनल पुगेको थियो   । 

अब, फाइनल प्रवेशका लागि बिल्वाओले भ्यालेन्सियाको सामना गर्नेछ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप