शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनी प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी

बिहीबार, २० माघ २०७८, २३ : ०२
बिहीबार, २० माघ २०७८

लुम्बिनी प्रदेश सरकारले प्रदेशमा पर्यटन बोर्ड गठनको तयारी सुरु गरेको छ । त्यसका लागि विभिन्न प्रक्रिया सुरु  भएको अव छिटै बोर्ड गठन हुने पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्री डिल्ली चौधरीले  बताए ।

नेपाल पर्यटन पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिले आज बुटवलमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री चौधरीले प्रदेशमा पर्यटन ऐनहरू ड्राफ्ट गर्ने काम भइरहेको बताउँदै सरोकारवाला निकायसँग समन्वय गरेर अक्षयकोष निर्माण गर्ने र पर्यटन प्रवर्द्धनका नयाँ कार्यक्रम ल्याइने बताए ।

उनले लुम्बिनी प्रदेश अन्तरगत रुकुमको सानो भेरी, दाङको बबई, प्युठानको राप्ती,बाँकेको राप्ती सुनारी लगायतका क्षेत्रमा र्याफ्टिङ सञ्चालनको लागि अध्ययन थालिएको बताए। प्रदेश सरकारले  ठाउँ अनुसार पर्यटकहरू भित्र्याउने उद्देश्यले खाना,तथा सांस्कृतिक अध्ययन काम भएको बताएका छन् । जसअनुसार दाङ बाँके र बर्दियामा थारु संस्कृतिका संस्कृतिका कार्यक्रम तथा खानाका परिकारलाई प्रचार गर्ने,रोल्पा,रुकुममा मगर समुदायको,प्युठान, अर्घाखाँची र गुल्मीमा बाहुन क्षेत्रीको संस्कृति झल्कने कार्यक्रमहरू ल्याउने तयारी भएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप