मन्त्री यादवलाई मानवअधिकार आयोगको निर्देशन : सद्भाव खलबलिने अभिव्यक्ति नदिनू
राष्ट्रिय मानवअधिकार आयोगले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवलाई हिंसा बढाउने र सामाजिक सद्भावमा खलल पुर्याउने अभिव्यक्ति नदिन निर्देशन दिएको छ । बिहीबार आयोगले यादवलाई कार्यालयमा बोलाएर सामाजिक सद्भावमा खलल पुर्याउने अभिव्यक्ति नदिन निर्देशन दिएको हो ।
आयोगका प्रवक्ता टीकाराम पोखरेलले मन्त्री यादवले दिएको अभिव्यक्तिप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको बताए । उनले एक विज्ञप्ति जारी गर्दै भनेका छन् 'आयोगका माननीय अध्यक्ष तथा सदस्यहरूले राज्यको मन्त्री जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले हिंसालाई बढावा दिने र सामाजिक सद्भावमा खलल पुर्याउने खालका उत्तेजनापूर्ण र अनियन्त्रित अभिव्यक्ति दिन नहुने, राजनीतिक प्रतिस्पर्धालाई स्वस्थ र हिंसारहित बनाउनुपर्ने र भविष्यमा त्यस प्रकारका अभिव्यक्ति नदोहोर्‍याउन मन्त्री यादवलाई निर्देशन दिनुभयो।'
माघ ५ गते रौतहटको गौरमा आयोजना गरिएको सभामा भौतिक पूर्वाधारमन्त्री यादवले हिंसा भड्काउने अभिव्यक्ति दिएकी थिइन् । मन्त्री यादवले दिएको अभिव्यक्तिबारे छलफल गर्नका लागि आयोगले केन्द्रीय कार्यालयमा बोलाएको थियो । त्यसपछि आयोगका पदाधिकारीले त्यस्तो खालका अभिव्यक्ति नदोहोर्‍याउन निर्देशन दिएको आयोगका प्रवक्ता टीकाराम पोखरेलले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रवि लामिछानेविरुद्ध मुद्दा दायर भएपछि प्रहरीले संसद् सचिवालयलाई पठाएको पत्रमा के छ ?
-
संघर्षशील सहकारीको ठगी आरोपमा २ जना पक्राउ
-
सवा पाँच महिनामा सरकारले पायो २ खर्ब २ अर्ब ४० करोड वैदेशिक सहायता
-
एलओडीमा जनकपुर बोल्ट्सको ‘भिक्ट्री सेलिब्रेसन’, तस्बिरहरू
-
सुरक्षित कारोबार संशोधन विधेयक : प्रकाशशरणको ‘डिफेन्स’ले अर्थ र कानुन मन्त्रालयका कर्मचारीलाई हाइसञ्चो !
-
सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्था सुधार्न उच्चस्तरीय बैठक