सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

एन्फा कार्यसमिति बैठक सकियो

बिहीबार, २० माघ २०७८, २२ : १८
बिहीबार, २० माघ २०७८

अखिल नेपाल फुटबल संघ (एन्फा) को बिहीबार बसेको कार्यसमितिको बैठक सकिएको छ । बिहान साढे ११ बजे एन्फा मुख्यालय सातदोबाटोमा सुरु हुने भनिए पनि बैठक ढिला गरि बसेको थियो । 

कार्यसमितको बैठकमा उपाध्यक्ष वीरबहादुर खड्काले वित्तीय निर्देशक निरञ्जन शाहले गरेको भनिएको आर्थिक हिनामिनामाथिको छानविनको प्रतिवेदन बुझाएका थिए । प्रतिवेदन बुझेका महासचिव इन्द्रमान तुलाधर भने केहि दिनमा बुझेर निलम्बन गर्ने आश्वासन दिएका थिए । 

यस्तै निर्वाचन निर्देशिका समेत पास गरिएको छ । यस्तै नेपाल सुपर लिग (एनएसएल) को विषय र सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत नेपाल पुलिस र मछिन्द्र फुटबल क्लबबीच खेलमा लिष्टमा नभएको खेलाडी राखिएको विषयको छानविन प्रतिवेदन भने प्रस्तुत नै भएनन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप