प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै
![प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै](https://rpcdn.ratopati.com/media/albums/pcr-test-corona-test-swab_cartoon_6MwqT4IPXy.jpg)
विगत केही दिनदेखि प्रदेश नं १ मा कोरोना सङ्क्रमण दर घट्दै गएको छ । सङ्क्रमणमुक्त दर भने बढेको पाइएको छ । पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा २६८ जनामा कोरोना सङ्क्रमण भएको छ ।
सोही अवधिमा १९९ महिलासहित ४२६ कोरोना सङ्क्रमणमुक्त भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार ३५४ जनाको पीसीआर परीक्षण गर्दा १३१ र ५५७ जनाको एन्टिजेन परीक्षण गर्दा १३७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
पिसिआर परीक्षणका आधारमा मोरङमा ५३, झापामा ३७, सुनसरीमा १८, इलाम र उदयपुरमा दुई÷दुई, ताप्लेजुङ, सोलुखुम्बु, सङ्खुवासभा, तेह्रथुम र खोटाङमा एक÷एक र प्रदेश बाहिरका १४ जनामा सङ्क्रमण देखिएको हो ।
स्थानीय पालिकाअनुसार मोरङको विराटनगरमा सबैभन्दा २७ र सुनसरीको इटहरीमा ११ सहित प्रदेशमा ३७ वटा पालिकामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आज एक महिलासहित दुईको मृत्यु भएको र चार हजार ७०५ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मल र बीउको अभाव नहोस् भन्नेमा सरकार सचेत छ : प्रधानमन्त्री
-
केपी ओलीले उद्घाटन गरेको २७ महिना बित्दा पनि सञ्चालन भएन ‘भ्यु–टावर’
-
युरो २०२४ मा इंग्ल्यान्डका छ जना फ्यानलाई प्रतिबन्ध
-
कोपा अमेरिका : नकआउटमा पुग्यो कोलम्बिया
-
४ मिनेट ३७ सेकेन्डमा इलेक्ट्रिक कारको ब्याट्री ८० प्रतिशतसम्म चार्ज
-
खेती योग्य जमिनमा सिँचाइ सुविधा उपलब्ध गराउन राज्यको ध्यान केन्द्रित हुनुपर्छ : राष्ट्रपति