सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी
![सामाजिक सुरक्षा कोषद्वारा ६९ करोड दाबी भुक्तानी](https://rpcdn.ratopati.com/media/albums/1706966767_samajik_surakchhya-kosh_vMkQPo8TWa.jpg)
सामाजिक सुरक्षा कोषले हालसम्म योगदानकर्तालाई रु ६९ करोड दाबी भुक्तानी गरेको छ । कोषले वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई रु ५६ करोड ५२ लाख ६१ हजार ४१९ दाबी भुक्तानी गरेको हो ।
यसैगरी औषधोपचार, स्वास्थ्य तथा मातृत्व सुरक्षा योजनाअन्तर्गत रु नौ करोड ७१ लाख ७२ हजार ४१३, दुर्घटना तथा अशक्तता सुरक्षा योजनाअन्तर्गत रु ९० लाख १४ हजार १८० र आश्रित परिवार सुरक्षा योजनाअन्तर्गत रु एक करोड ८६ लाख ३० हजार १४१ दाबी भुक्तानी गरिएको कोषले जनाएको छ ।
हालसम्म रु १२ अर्ब ७६ करोड योगदान रकम सङ्कलन भएको छ । कोषले चार प्रकारका सुरक्षा योजना सञ्चालनमा ल्याएको छ । सोमबारसम्म कोषमा १६ हजार ४७८ रोजगारदाता र तीन लाख ८ हजार ९७८ योगदानकर्ता आबद्ध भएका छन् । बागमतीबाट ११ हजार २६६, प्रदेश नं १ बाट एक हजार ८३०, लुम्बिनीबाट एक हजार ४०७, गण्डकीबाट ७५९, मधेसबाट ७३८, सुदूरपश्चिमबाट २३८ र कर्णाली प्रदेशबाट २१० रोजगारदाता आबद्ध भएका छन् ।
कोषमा सबैभन्दा बढी बागमती प्रदेशबाट दुई लाख ३२ हजार ३३५, प्रदेश नं १ बाट ३१ हजार ८२०, मधेस प्रदेशबाट १८ हजार १८२, गण्डकीबाट १२ हजार ७६२, लुम्बिनीबाट ११ हजार ६६७, सुदूरपश्चिमबाट एक हजार २३३ र कर्णालीबाट ९८८ योगदानकर्ता सूचीकृत भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ कारोबार ?
-
वैदेशिक रोजगारीमा गएकालाई असार २७ देखि रिलायन्सको आईपीओ
-
नयाँ सत्ता समीकरण : बागमतीमा पहिलो पटक कांग्रेसको सरकार बन्ने
-
काठमाडौँको सोह्रखुट्टेमा भासियो सडक (तस्बिरहरू)
-
मुखमा कालो टेप टाँसेर रास्वपाका महामन्त्री ढकाल बैठकमा सहभागी
-
मलेप र पोखरा महानगरविरुद्ध मणिपालले दियो सर्वोच्चमा रिट