शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

म्यानपावर कम्पनी वर्गीकरण गरिँदै

बिहीबार, २० माघ २०७८, २१ : ०५
बिहीबार, २० माघ २०७८

सरकारले वैदेशिक रोजगार व्यवसायमा संलग्न म्यानपावर कम्पनीलाई वर्गीकरण गर्ने भएको छ । वैदेशिक रोजगारलाई व्यवस्थित एवं मर्यादित बनाउन त्यसो गर्न लागिएको हो । 

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले म्यानपावर कम्पनीको मापदण्ड तथा स्तर निर्धारण गरी वर्गीकरण गर्न आवश्यक सूचक तथा कार्यविधि तयार गर्न मन्त्रालयका सहसचिव राजिव पोखरेलको संयोजकत्वमा कार्यदल गठन गरेको छ । 

आज गठन भएको कार्यदलमा वैदेशिक रोजगार कार्यालयका प्रमुख, वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक तथा म्यानपावर कम्पनीका प्रतिनिधि सदस्य रहेका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीको निजी सचिवालयले जनाएको छ । हाल मुलुकमा आठ सय ६० म्यानपावर कम्पनी दर्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप