शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

भक्तपुरमा ट्रक र मोटरसाइकल ठोक्कियो, युवकको मृत्यु

बिहीबार, २० माघ २०७८, २० : ३२
बिहीबार, २० माघ २०७८

भक्तपुरमा ट्रक र मोटरसाइकल एकआपसमा  ठोक्किँदा आज एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा चाँगुनारायण नगरपालिका–७ खरिपाटीका २४ वर्षीय सञ्जोग गिरी रहेका छन् । 

चाँगुनारायण–७ खरिपाटी भद्रकालीमा प्रदेश नं ३–००१ प १४७७ नं को मोटरसाइकल र बा५ख १६२५ नं ट्रक एकापसमा ठोक्किँदा मोटरसाइकल चालक गिरीको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिए । गिरीको घटनास्थलमै मृत्यु भएको हो ।

प्रहरीले ट्रक चालक सिन्धुपाल्चोकको बाह्रबिसे घर भई हाल भक्तपुर नगरपालिका–८ लिवाली बस्ने ३४ वर्षीय राम आचार्यलाई पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप