मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रुपन्देहीमा जनमतद्वारा प्रधानमन्त्रीको पुत्ला दहन

किसानका माग सम्बोधन गर्न माग
बिहीबार, २० माघ २०७८, १८ : ११
बिहीबार, २० माघ २०७८

किसानका माग सम्बोधन गर्न  सरकारले नसकेको भन्दै जनमत पार्टीले रुपन्देहीका विभिन्न स्थानमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गर्दै विरोध गरेको छ । 

रुपन्देही दक्षिणी क्षेत्र मानिने धकधईमा पार्टीले उठाएका मागहरू सरकारले ध्यान नदिएको भन्दै सडकमा प्रधानमन्त्री र कृषि मन्त्रीको पुत्ला दहन गरेको हो। पुत्ला दलन कार्यक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। तर कसैलाई पक्राउ भने नगरेको  जिल्ला प्रहरी कार्यालय रुपन्देहीले  जनाएको छ ।

पार्टीका केन्द्रीय सचिव भूपेन्द्र यादवले किसानको माग सम्बोधन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने र समयमै मल र बिउको उपलब्ध हुनुपर्ने  लगायतका मागहरू लिएर आन्दोलन जारी रहेको रातोपाटीलाई बताए । उनले भर्ने  हाम्रो मागहरू सरकार सम्बोधन नगरेसम्म हामी सडक आन्दोलनमा नै हुन्छौ ,। 

पार्टीले पुस १२ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई किसानका समस्या,नागरिकता समस्यालगायतका मागहरू समेटिएको ज्ञापनपत्र बुझाएको थियो । यस अघि रुपन्देहीको उक्त क्षेत्रमा पार्टीले ६ दिन सम्म सडक जाम गरेको थियो ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप