शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

२१ करोड रुपैयाँ ब्याजमा लगानी गर्दै राष्ट्र बैंक

बिहीबार, २० माघ २०७८, १७ : ४५
बिहीबार, २० माघ २०७८

नेपाल राष्ट्र बैंकले २१ करोड रुपैयाँ ब्याजमा लगानी गर्ने भएको छ । बैंकले कर्मचारी सुरक्षण कोष अन्तर्गत अवकाश कोषमा रहेको कुल २१ करोड रुपैयाँ एक वर्षका लागि विभिन्न बैंक तथा वित्त कम्पनीमा निक्षेपको रूपमा राख्न चाहेको हो । 

बिहीबार एक सूचना जारी गर्दै बैंकले इजाजत प्राप्त क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई निक्षेपका लागि दरखास्त आह्वान गरेको छ । सूचना अनुसार बैंकले कुल २१ करोड मध्ये १६ करोड ८० लाख रुपैयाँ क वर्गका वाणिज्य बैंक, ३ करोड १५ लाख रुपैयाँ विकास बैंक र १ करोड ५ लाख रुपैयाँ राष्ट्रिय स्तरका वित्त कम्पनीमा लगानी गर्ने जनाएको छ । 

इच्छुक बैंक तथा वित्त कम्पनीले आगामी माघ २४ गते दिउसो ३ बजेभित्र निक्षेपका लागि आवेदन दिन सक्नेछन् । यद्यपि, यस्तो निक्षेप चाहने बैंक तथा वित्त कम्पनीले राष्ट्र बैंकले तोकेको सर्त तथा मापदण्ड पुरा गरेको हुनुपर्ने बैंकले जनाएको छ । यस्तो निक्षेपका लागि बैंक तथा वित्त कम्पनीले कम्तीमा सञ्चालनको दुई वर्ष पुरा गरेको हुनुपर्ने बताएको छ भने तोकिएको न्यूनतम पुँजीकोष कायम गरेको र निष्क्रिय कर्जा कुल कर्जा सापटीको ५ प्रतिशत भन्दा कम रहेको हुनुपर्ने बताएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप