शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

अब विकास बैंक र वित्त कम्पनीलाई एउटै सुपरिवेक्षण विभागले हेर्ने

बिहीबार, २० माघ २०७८, १७ : ४३
बिहीबार, २० माघ २०७८

विकास बैंक र वित्त कम्पनीलाई अब एउटै सुपरिवेक्षण विभागले हेर्ने भएको छ । बिहीबार केन्द्रीय, राष्ट्र बैंकले विकास बैंक सुपरिवेक्षण विभाग र वित्त कम्पनी सुपरिवेक्षण विभागलाई एकीकृत गर्दै वित्तीय संस्था सुपरिवेक्षण विभाग स्थापना गरेको हो । 

योसँगै अब राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ र ‘ग’ वर्गका वित्तीय कम्पनीहरूको आर्थिक तथा सामाजिक गतिविधिको सुपरिवेक्षण एउटै निकाय वित्तीय संस्था सुपरिवेक्षण विभागले हेर्ने भएको छ । बिहीबार एक सूचना जारी गर्दै सो बारे जानकारी दिएको बैंकले गत कात्तिक ११ गते बसेको बैंकको व्यवस्थापन समितिको बैठकले गरेको निर्णय बमोजिम आगामी फागुन १ गतेदेखि कार्यान्वयन हुने गरी एकीकृत सुपरिवेक्षण विभागको स्थापना गरिएको जानकारी दिएको छ । 

योसँगै बैंकले आजै विदेशी विनिमय कारोबार गर्ने इजाजतपत्र प्राप्त संस्था, हायर पर्चेज कारोबार गर्ने कम्पनीहरू, हाइड्रो ईलेक्ट्रिसिटी ईन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लि. र राष्ट्रिय सहकारी बैंक लि.को निरीक्षण, सुपरिवेक्षण र अनुगमन लगायतका सुपरिवेक्षकीय कार्यहरू सम्पादन गर्ने कार्यादेश गैर–बैंक वित्तीय संस्था सुपरिवेक्षण विभागको समेत स्थापना गरेको जानकारी दिएको छ । उक्त विभाग गत माघ १३ गते बसेको बैंक व्यवस्थापन समितिको बैठकको निर्णय बमोजिम स्थापना गरेका र सो विभाग आगामी फागुन १ गतेदेखि नै कार्यान्वयनमा आउने बैंकले जानकारी दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप