३ हजार १७५ जनामा सङ्क्रमण पुष्टि, १४ जनाको मृत्यु
देशभर ३ हजार १७५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ । १२ हजार ६०५ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २ हजार ७४२ जना तथा एन्टिजेनबाट ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
यही अवधिमा ८ हजार ७२३ जना सङ्क्रमणमुक्त भएका छन् । हालसम्म कूल सङ्क्रमित मध्ये ८ लाख ८७ हजार ४४३ जना सङ्क्रमणमुक्त भइसकेका छन् । योसँगै कूल सक्रिय सङ्क्रमितको सङ्ख्या ६३ हजार २९६ पुगेको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप १४ जनाको कोभिड–१९ सङ्क्रमणबाट मृत्यु भएको छ । नेपालमा कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७७८ जनाले ज्यान गुमाइसकेका छन् । नेपालमा कोभिडबाट मृत्यु हुने दर १.३ प्रतिशत रहेको छ ।
यता, २ लाख ६६ हजार ५४० जनाले कोभिडविरुद्धको खोप पनि लगाएका छन् । हालसम्म १ करोड ७३ लाख २ हजार ७८७ जनाले पहिलो मात्रा, १ करोड ४९ लाख २ठ हजार ८९८ जनाले दोस्रो मात्रा तथा ४ लाख ९४ हजार १५४ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अभ्यास खेलमा विनवार्डस भोलक्यानोजविरुद्ध नेपालको दोस्रो जित
-
यस्तो छ आजको तरकारी तथा फलफूलको मूल्यसूची
-
गायक रवि ओड ५ लाख धरौटीमा रिहा
-
फेरिएको गृह मन्त्रालय : समस्या लिएर आउँछन् नागरिक, तत्कालै हुन्छ सम्बोधन
-
बागमती संसदीय समितिको सभापतिका लागि आज मनोनयन दर्ता
-
वर्षाले खेल रद्द हुँदा हैदराबाद आईपीएलको प्लेअफमा