शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

‘नक्कली’ मा अमन र प्रियानाको रोमान्स

बिहीबार, २० माघ २०७८, १७ : ०६
बिहीबार, २० माघ २०७८

गायक अमन प्रधान र प्रियाना आचार्य ‘मुन्नी’ को रोमान्स भिडियोमा देख्न पाइने भएको छ । ‘नक्कली’ को आफ्नै गीतको भिडियोमा अमनले प्रियानासँग रोमान्स गरेका हुन् । अबुन पाण्डेको शब्द रहेको गीतमा पछिल्लो समय अस्ट्रेलिया निवासी संगीतकार टिका दाहालले संगीत भरेका छन् । गीतमा राहुल प्रधानको संगीत संयोजन छ ।

बुद्ध थापाको छायाङ्कन, विकास धमलाको सम्पादन रहेको भिडियो निकेश खड्काले निर्देशन गरेका हुन् । कान्तिपुर होलिडेज अस्ट्रेलियाको समेत सहकार्य रहेको भिडियो गायक अमनले मार्फत युट्युबबाट सार्वजनिक गरेका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप