बेजोसको जहाज पार गराउन नेदरल्यान्डको ऐतिहासिक पुल फुटाइने
विश्वकै दिग्गज ई–कमर्श कम्पनी अमेजनका संस्थापक जेफ बेजोसको सुपर याच (जहाज) लाई बाटो दिनका लागि नेदरल्यान्डको ऐतिहासिक कोनङिसहेभन पुल फुटाइने भएको छ । रोटेरडम शहरमा अवस्थित यो पुल सन् १८७८ मा बनाइएको थियो । दोस्रो विश्व युद्धको समयमा नाजीहरुले बमबारी गरेर यो पुल भत्काइदिएका थिए ।
पछि फेरी यसलाई बनाइएको थियो । यद्यपि हाल भने यो पुललाई अस्थायी रुपमा मात्रै फुटाइने भएको छ । बेजोसको ६४ अर्ब रुपैयाँको लागतमा बनाइएको यो ४० मीटर अग्लो जहाज पुलबाट जान सकेको छैन । यसै कारण स्टिल– गार्डेड पुलको मध्य भागलाई हटाइनेछ । यस विषयमा रोटेर्डमका मेयरले भनेका छन्, ‘यो समुद्रको एक मात्र बाटो हो र पुल हटाउन लाग्ने खर्च बेजोसले नै बेहोर्नेछन् ।’ यद्यपि धेरै मानिसले पुल फुटाउने निर्णयको विरोधसमेत गरेका छन् ।
पुल दोस्रो विश्व युद्धको हिस्सा थियो
दोस्रो विश्व युद्धको हिस्सा भएकाले मानिसमा यसप्रति भावनात्मक सम्बन्ध रहेको छ । सन् २०१७ मा यो पुलमा बनाइएको संरचनालाई लिएर मानिस अत्यधिक रिसाएकासमेत थिए । तर नगरपालिका आयोगले पुललाई अब कुनै पनि हानी हुन नदिने बताएका थिए ।
डच मिडियाका अनुसार जहाजलाई बाटो दिनका लागि जुन निर्माण गरिने छ त्यसले आर्थिक फाइदा त दिने नै छ । यसका साथै नयाँ रोजगार पनि पैदा हुनेछ । जहाज गएपछि पुललाई पुनः पहिले कै अवस्थामा फर्काइने बताइएको छ ।
अचम्मको जीवनशैलीका लागि परिचित छन् बेजोसः
विश्वकै दोस्रा धनी मानिस जेफ बेजोस आफ्नो अनौठो जीवनशैलीका लागि ख्याती समेत पाएका छन् । गत वर्ष उनले आफ्नो स्पेस कम्पनी ब्लू ओरिजिनको पहिलो पेसेन्जर फ्लाइटबाट अन्तरिक्षको यात्रासमेत गरेका थिए । उनले करिब १० मिनेटसम्म पृथ्वीको बाहिर बिताएका थिए । उनीसँगै अन्य तीन जना पनि अन्तरिक्ष यात्रामा गएका थिए । यसमा उनका भाइ मार्क बेजोस पनि समावेश थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शुक्रबारदेखि नेता कोइराला सुदूरपश्चिमका कार्यक्रममा व्यस्त हुने
-
कप्तान रोहित शर्माले बनाएको कुल रनभन्दा जसप्रित बुमराहले लिएको विकेट बढी !
-
सीजीको ‘क्रिकेटको मज्जा दोब्बर’ अफरमा एनपीएल टिकट वितरण
-
परराष्ट्रमन्त्री राणा दिल्लीमा, प्रधानमन्त्री ओलीको भारत भ्रमणबारे छलफल होला ?
-
मेलम्चीको पानी आपूर्ति : ‘पाइप लाइन’ को काम शीघ्र पूरा गर्न निर्देशन
-
भ्रष्टाचार मुद्दाको सजायविरुद्ध पुनरावेदन गएका सार्कोजीलाई झट्का