बुधबार, ०२ जेठ २०८१
ताजा लोकप्रिय

रथबाट लडेर घाइते भएका परिवारलाई लोसपाको सहयोग

बिहीबार, २० माघ २०७८, १४ : २४
बिहीबार, २० माघ २०७८

बाराको आदर्श कोतवाल गाउँपालिकामा बिहेको रथ दुर्घटनामा घाइते तथा मृतक परिवारलाई लोकतान्त्रिक समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य एवं मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनलले ५० हजार रुपियाँ सहयोग गरेका छन् ।

माघ १० गते लछु महराका छोरा सञ्जय महराको बिहेमा प्रयोग भएको रथ अनियन्त्रित हुँदा १४ जना घाइते भएका थिए भने दुई जनाको ज्यान गएको थियो । घाइतेहरुको उपचार वीरगञ्ज, काठमाडौ तथा कलैयाका अस्पतालमा भइरहेको छ ।

घाइतेहरू सबै दलित छन् । उनीहरुलाई उपचारमा समस्या भइरहेकाले पार्टीको तर्फबाट नेता सोनलले  पचास हजार रुपैयाँ सहयोग गरेको लोसपाका नेता सञ्जय यादवले बताए । सहयोग गर्ने क्रममा नेता सोनलले मधेश प्रदेशमा मधेशी दलको सरकार भएपनि दलित परिवारलाई कतैबाट सहयोग नआउनु दुःखद कुरा रहेको बताएका थिए । 

घटनाका कारण पुरै दलित बस्ती शोकमा छ । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले उक्त घटनाबारे अझै चासो नलिनु दुःखद कुरा भएको उनले सोनलले बताए । पीडित दलित परिवारलाई प्रदेश सरकारले पनि सहयोग गर्नुपर्नेमा उनको जोड थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप