बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

मरिसस फुटबल टिमको सम्मानमा रात्रि भोज

बिहीबार, २० माघ २०७८, १३ : ५९
बिहीबार, २० माघ २०७८

नेपालमा मैत्रीपूर्ण खेलका लागि रहेको अफ्रिकी मुलुक मरिससको राष्ट्रिय फुटबल टिमको सम्मानमा बुधबार रात्रि भोजको आयोजना गरिएको थियो । नेपाल– मरिसस बिजनेश काउन्सिलले नेपालका लागि मरिससका महावाणिज्यदूत गणेश कार्कीको प्रमुख आतिथ्यमा मैत्रीपूर्ण खेलका दौरान नेपालमा रहेको मरिससको राष्ट्रिय फुटबल टिमलाई रात्रि भोजका साथै विविध कार्यले सम्मान गरेको हो ।

सो क्रममा बोल्दै महावाणिज्यदूत कार्कीले नेपालमा मरिससको फुटबल टिमलाई स्वागत तथा सम्मान गर्न पाउँदा निकै हर्ष महसुस भएको भन्दै यस कार्यले नेपाल र मरिससको मैत्रीपूर्ण सम्बन्ध कायम गर्नुका साथै दुई देशका बिच खेल पर्यटन र भाइचारा विकास गर्न मद्दत पुग्ने बताए ।

उनले आगामी दिनमा कोभिडको स्वास्थ्य मापदण्ड अपनाएर दुई देशबीचको पर्यटन लगायत अन्य कार्यको विकास गर्न सफल हुनेमा आफू विश्वस्त रहेको बताए । कार्यक्रममा उपस्थितलाई स्वागत गर्दै काउन्सिलका अध्यक्ष बटु लामिछानेले यस भ्रमणले नेपाल र मरिसस बिच जनस्तरमा दुई देशका सम्बन्धलाई अझ बलियो बनाउनुका साथै दुई देशबीच पर्यटन प्रवर्द्धन र व्यापार प्रवर्द्धनका लागि समेत महत्त्वपूर्ण योगदान पुग्ने बताए ।

एन्फाका अध्यक्ष कर्मा छिरिङ्ग शेर्पाले मोरिशस टिमलाई नेपाल बसाई सुखद् र आनन्दमयी होस भन्ने कामना समेत गरे । कार्यक्रममा मोरिशस टिमलाई मायाको चिनोको रूपमा नेपाली ढाका टोपी, ब्याच लगायत कलात्मक झ्याल प्रदान गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप