आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

बर्दियामा बस पल्टिँदा ३५ घाइते, दुईको अवस्था गम्भीर

बिहीबार, २० माघ २०७८, १३ : ४३
बिहीबार, २० माघ २०७८

बर्दियामा बिहीबार बस ​आफै अनियन्त्रित भई सडकमा पल्टिँदा ३५ जना घाइते भएका छन् । यसमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । कालिकोटबाट महेन्द्रनगरतर्फ जाँदै गरेको ना ५ ख ५३८२ नम्बरको बस बर्दियाको बासगढी नगरपालिका– ३ पूर्व–पश्चिम राजमार्गको सडकमा पल्टिँएको हो ।

घाइतेमध्ये २० जना पुरुष र १५ जना महिला रहेका छन् । गम्भीर रहेका २ जनालाई उपचारका लागि कोहलपुर अस्पतालमा पठाइएको बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले बताए । उनका अनुसार अन्य घाइतेहरूको  स्थानीय कौशिल्या अस्पताल बासगढीमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप