बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ

बिहीबार, २० माघ २०७८, १३ : ३१
बिहीबार, २० माघ २०७८

बालिका बलात्कार गरेको आरोपमा एक पुरुष पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सुन्दर हरैँचा नगरपालिका–५ बाँसबारीका ५३ वर्षीय रामदेव चौधरीलाई बुधबार साँझ पक्राउ गरेको प्रहरीले जनाएको छ । 

चौधरीले ती बालिकालाई ललाई फकाई घर नजिकैको बाँसघारीमा लगेर बलात्कार गरेको प्रहरीको भनाइ छ । प्रहरी चौकी गछियाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेर थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप