रुसका लागि किन यति महत्वपूर्ण छ युक्रेन, यस्ता छन् तीन ठूला कारण
कतिले यसलाई रुसका राष्ट्रपति राष्ट्रपति भ्लादिमिर पुटिनको सनक मान्छन् भने कतिले यसलाई शीतयुद्धतर्फ बढ्ने प्रयासको रुपमा हेरिरहेका छन् । रुस र युक्रनकाबीचको तनावले विश्वभरीका ती विदेश मन्त्रालयमा अशान्ति पैदा भएको छ जसले खुला रुपमा यी दुई देशका बीच सम्भावित युद्धको कुरा गरिरहेका छन् ।
युक्रेनको सीमामा रुसले १ लाभ भन्दा बढी सैनिक तनाथ गरेको छ । यद्यपि अभैmपनि रुसले आफ्नो योजनामा सैन्य हमला नभएको बताउँदै आएको छ । तर रुसले नेटोलाई आफ्नो सुरक्षा मागको एउटा सूची पठाएको छ ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नेटोमाथि सुरक्षाको बेवास्ता गरेको खुलमखुला आरोप लगाउँदै अन्य कुराका साथै नेटोले युक्रेन र सोभियत संघका पूर्व घटक देशलाई यो संगठनको सदस्य देश बन्नबाट रोक्न भनेका छन् ।
रुस यस्तो यसका लागि चाहन्छ ताकि सोभियत संघको विघटनपछि उक्त गठबन्धनमा समावेश हुने देशको सैनिक र उनीहरुबाट पाउने हतियारको सीमा तय होस् । यसका साथै, उसले पूर्वी यूरोपका देशमा सन् १९९७ पछि स्थापित आधारभूत ढाँचालाई पनि हटाउने माग गरेको छ ।
इन्टरनेशनल फरेन्सिक एन्ड एनालाइसिस फर्म जियोपोलिटिकल फ्यूचर्सका संस्थापक जर्ज फ्राइडम्यान रुसको मागलाई संक्षेपमा भन्छन्, ‘वास्तवमा ऊ ठ्याक्कै त्यस्तै चाहन्छ जुन शीत युद्धका बेला पूर्वी युरोपको सीमामा थिए ।’
युक्रेनमा रुसको खतरालाई लिएर लगातार बोलिरहेको अमेरिकाले पूर्वी यूरोपमा पठाउन ८,५०० सेनालाई उच्च सतर्कतमा राखेको छ ।
अमेरिकाले ‘ब्ल्याक सी’ मा आफ्नो युद्धपोतसमेत पठाएको छ । साथै, उसले युक्रेनको राजधानी किभमा रहेका आफ्ना कुटनीतिज्ञ र उनीहरुका नातेदारलाई निकाल्ने आदेशसमेत दिइसकेको छ ।
यसको विपरित युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले पश्चिमा देशहरुलाई युक्रेनको सीमामा रुसी सैनिकको उपस्थितिकाबीच युद्धको अवस्था पैदा नगर्न अपिल गरेका छन् । यो संकट क्राइमियामाथि रुसको आक्रमण र पूर्वी युक्रेनको डोनबास क्षेत्रमा रुसी समर्थकको कब्जासहित सुरु भएको उनले बताएका थिए । जहाँ सन् २०१४ मा करिब १४ हजार मानिस मारिएका थिए ।
त्यसपछि रुसमाथि प्रतिबन्ध लगाइएको थियो र पश्चिमा मुलुकसँग रुस छुट्टिने सम्भावना समेत आएको थियो । यी सबैका बावजुद रुसका लागि युक्रेन किन महत्वपूर्ण छ । यसका पछाडि तीन कारण छन् ।
१. सुरक्षा क्षेत्र
भर्जिनियामा टेक युनिभर्सिटीमा इन्टरनेशनल रिलेसनका प्राध्यापक जेराल्ड टल भन्छन्, ‘जुन नीति रुस अझैपनि अपनाइरहेको छ, त्यसको कारण यो हो कि उसले आफ्नो देशको सीमा नजिक एक खतरनाक सैन्य गठबन्धनको प्लेटफर्म बन्दै गरेको देखेको छ । उसले युक्रेनलाई नेटो गठबन्धनको प्लेटफर्म बनिरहेको देख्दै छ । रुस युक्रेनलाई नेटो सदस्य बन्नबाट पुरा रुपमा रोक्न चाहन्छ । यसो गर्दा युक्रेनलाई नेटोका सदस्य मुलुकबाट क्षेप्यास्त्र र सैनिक प्राप्त हुँदैन ।’
जियोपोलिटल फ्युचर्सका जर्ज फ्राइडम्यान भन्छन्,‘सन् १८१२ मा नेपोलियनको आक्रमणको समयदेखि नै युक्रेनका इलाकाले रुसका लागि एक बफर जोनको रुपमा काम गर्दै आएको छ,’ उनी भन्छन्, ‘युक्रेन रुसको पश्चिमी सीमामा छ । जब रुसमाथि दोस्रो विश्व युद्धको समयमा पश्चिमबाट हमला भएको थियो त्यतिबेला यो युक्रेनकै क्षेत्र थियो, त्यहिँबाट उसले आफ्नो रक्षा गरेको थियो ।
त्यहाँबाट रुसको राजधानी मस्को १००० माइल अर्थात १६०० किलोमीटरको दुरीमा रहेको छ । यदि युक्रेन नेटोको सदस्य भयो भने मस्को केवल ४०० माइल अर्थात् ६४० किलोमीटरको क्षेत्रमा पर्छ । त्यसैले युक्रेन त्यो सुरक्षा क्षेत्र हो, जसलाई रुस जुनसुकै हालतमा प्राप्त गर्न चाहन्छ । किनकी यसले नेपोलियनपछि रुसलाई बचाएको छ ।’
टलले इशारा गर्दै भने, ‘रुसमा यो धारणा छ कि ऊ दुश्मनको एक गठबन्धनले घेरिएको छ । जुन यो महाशक्तिका लागि चिन्ताको विषय हो ।’
यो संकटको सुरुवातपछि रुसी उप विदेश मन्त्रीले सन् १९६२ को मिसाइल संकटको उल्लेख गरेका थिए । पछि रुसले पनि क्यूबा र भेनेजुयलामा सैन्य बलको तैनाथी गर्न सक्ने टिप्पणी गरेको थियो ।
२. ऐतिहासक, धार्मिक र सांस्कृतिक सम्बन्ध
१२ जुलाई २०२१ मा युक्रेनसँगको सम्बन्धको विषयमा आफ्नो विस्तृत लेखमा भ्लादिमिर पुटिनले उनको छिमेकी देश एक खतरनाक खेलमा परिरहेको र ऊ युरोप र रुस बीच एक बाधा बनिरहेको लेखेका थिए ।
पुटिनले केवल सुरक्षा र यस क्षेत्रको राजनीतिको कुरा गरिरहेका थिएनन्, उनको इशारा यहाँको ऐतिहासिक ऐतिहासिक, धार्मिक र सांस्कृतिक सम्बन्ध तर्फ पनि थियो जोसँग रुस र युक्रेन दुबैको सम्बन्ध छ । उनले यसबारे विस्तारमा लेखे ।
राष्ट्रपतिले अन्य कुरासँगै बेलारुस, रुस र युक्रेनका पूर्वज समान भएको पनि लेखेका थिए । रुस र युक्रेनका जनता एक समान हुन् भन्ने विषयमा बहसका लागि उनले
थुप्रै ऐतिहासिक महत्वपूर्ण कुरा बारे पनि लेखे ।
टोल भन्छन्–उनको यस विचारमा इतिहास संस्कृति र पहिचानको विषयलाई लिएर कयौँ चिज थिए ।
रुस युक्रेनलाई कुनै छुट्टै देशको रुपमा हेर्दैन । साथै उसले युक्रेनलाई आफ्नो मुटु पनि मान्छ । युक्रेनको विषयमा यो रुसको एउटा निकै शक्तिशाली धारणा हो जुन उसको मूल पहिचानमा निहित छ ।
उनी भन्छन्, ‘जब युक्रेन एक देशको रुपमा आफ्नो पहिचान रुसको विरोधीको रुपमा गर्छ तब रुसमा असाध्यै तीब्र भावना पैदा हुन्छन् । रुसमा यसको विषयमा असाध्यै रिस र निराशा हुन्छ जस्तो कि एक भाइको विश्वासघात गर्दा पैदा हुन्छ ।’
जर्ज फ्राइडम्यान सांस्कृतिक वा ऐतिहासिक रुपमा युक्रेनको महत्व अस्वीकार गर्दै भन्छन्,‘ रुसको मुख्य चिन्ता भनेको आफ्नो भू–राजनीतिक स्थितिका कारण हो ।’
उनी भन्छन्, ‘हो, उनीहरु इतिहास साझा गर्छन । ऐतिहासिक रुपमा युक्रेनीमाथि रुसीको अत्याचार भएको थियो ।
सोभियत संघको समयमा त्यहाँ एक भयंकर अनिकाल परेको थियो, यसले लाखौँको संख्यामा मानिसको मृत्युसमेत भएको थियो । यो त्यतिबेला भयो जब रुस त्यहाँ फलेको अन्न निर्यात गर्न चाहन्थ्यो । यस्तोमा रुसी र युक्रेनी मानिसबीच एकताको कुरा मात्र बकवास हो ।’
३. पुटिनको उत्तराधिकारीः
यूरोपियन काउन्सिल अन फरेन अफेयर्सका विश्लेषक कादरी लीकले गत वर्ष आफ्नो एक अन्तरवार्तामा भनेका थिए, ‘युक्रेनको मुद्दामा रुसी राष्ट्रपति पुटिनको निजी भावना जोडिएको छ ।’ लिकका अनुसार सायद यही कारण युक्रेनमा रुसी नीति कयौँ पटक तर्कसंगत लाग्दैन । जेरार्ड टोल भन्छन्, ‘पुुटिनले युक्रेनमा कयौँ पटक रुसको पक्षमा रहने नेतालाई सत्तामा ल्याउने कोसिस गरेका थिए । तर उनी असफल भए । ’
जेरार्ड टोल भन्छन्–एक सामान्य तर्क यो हो कि पुटिन लामो समयदेखि यो मुद्दासँग जुझिरहेका छन् र अब उनलाई लागेको छ कि यो अधुरो काम उनको विरासत बन्नेछ त्यसैले यसलाई सधैँ–सधैँका लागि फिक्स गर्न आवश्यक छ ।’
उनले भने, ‘पुतिनको मान्यता यो छ कि पश्चिम िदेशले युक्रेनलाई एक रुसी विरोधी मञ्च बनाइदिएको छ र यो समस्याको हल जरुरी छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति भनेको छापामार युद्धजस्तो होइन ः गुरुराज घिमिरे
-
निर्मला पन्तको घटना ह्युमन इन्टेलिजेन्स विधिबाट अनुसन्धान गर्दैछौँ : प्रहरी
-
पूर्वप्रस्थान तालिमका लागि आईरिस सिस्टम पूर्णरूपमा लागू
-
नारीवादी परराष्ट्र नीतिमा परराष्ट्रमन्त्रीको जोड
-
न्याय परिषद्लाई गतिशील बनाएमात्रै न्याय क्षेत्रका विकृतिहरूको अन्त्य हुन्छ : प्रधानन्यायाधीश राउत
-
न्यायाधीश नियुक्तिमा एक अर्कालाई देखाएर पन्छिँदै