सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने
बिहीबार, २० माघ २०७८, १२ : २८
सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ता सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो । मंगलबार राजधानीमा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । सिद्धार्थ इन्स्योरेन्सको हाल १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
स्वामिकार्तिक खापर गाउँपालिका उपाध्यक्षमा एमालेलाई समर्थन नगर्न माओवादीको निर्देशन
-
बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्वीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट