आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

सिद्धार्थ इन्स्योरेन्सले १५ प्रतिशत लाभांश दिने

बिहीबार, २० माघ २०७८, १२ : २८
बिहीबार, २० माघ २०७८

सिद्धार्थ इन्स्योरेन्सले आफ्ना लगानीकर्ता सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने भएको छ । कम्पनीले अघिल्लो वर्षको मुनाफाबाट चुक्ता पुँजीको १५ प्रतिशत लाभांश वितरण गर्ने भएको हो ।  मंगलबार राजधानीमा बसेको सञ्चालक समितिको बैठकले १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर नियामक बिमा समिति र सिद्धार्थको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।  सिद्धार्थ इन्स्योरेन्सको हाल १ अर्ब १२ करोड रुपैयाँ चुक्ता पुँजीको रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप