शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

नेपालको झण्डा अंकित जर्सीलाई अरु कुनै कुरासँग तुलना गर्न सक्दिन : विमल घर्तीमगर

बिहीबार, २० माघ २०७८, ११ : ४१
बिहीबार, २० माघ २०७८

फुटबल खेलाडी विमल घर्तीमगरले नेपालको झण्डा अंकित जर्सी लाएर छातीमा हात राख्दै मनदेखि राष्ट्रिय गान गाउन पाउँदाको क्षण अन्य कुनै पनि कुरासँग तुलना गर्न नसकिने बताएका छन् । 

मंगलबार दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले मौरिससलाई हराएपछि विमलले सामाजिक सञ्जाल फेसबुकमार्फत धेरै पछि पुनः नेपाली खेलक्षेत्रमा फर्किएको खुशी व्यक्त गरेका हुन् । 

करिब ४० महिनापछि नेपाली खेल क्षेत्रमा फर्किएका मगरले स्ट्याटसमार्फत सूर्य उदाउनका लागि नै अस्ताउने हो भन्दै लामो समय मैदानबाहिर नरहँदा पनि राष्ट्रप्रति सधैँ शतप्रतिशत साथ रहेको उल्लेख गरेका छन् । उनले अगामी दिनहरुमा पनि दर्शकको माया र प्रशिक्षकको विश्वासलाई सधैँ आत्मसात गर्ने प्रतिज्ञा समेत व्यक्त गरेका छन् । 

उनले मोरिसससँगको पहिलो खेलमा शनिबार गोल गरेका थिए । यसैगरी, मंगलबार भएको खेलको १०औँ मिनेटमा सुजल श्रेष्ठले गरेको गोल नै नेपालको लागि निर्णायक गोल बन्न सफल भएको थियो । 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप