बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

फेरि बढ्यो सुनको मूल्य

बिहीबार, २० माघ २०७८, ११ : ३३
बिहीबार, २० माघ २०७८

लगातार चार दिनसम्म घटेको सुनको मूल्य फेरि उकालोतर्फ लाग्न थालेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य लगातार चार दिनदेखि बढ्दै आएको जनाएको हो । यसअघि, माघ १३ गतेदेखि सुनको मूल्य ओरालो लाग्न थालेको थियो । माघ १२ गते प्रतितोला ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य १३ गते घटेर ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यसपछि माघ १४ गते तोलामा ९२ हजार ६०० र १५ गते पनि घटेर प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यसयता, माघ १६ गतेदेखि निरन्तर उकालो लाग्दै आज तेजाबी सुनको प्रतितोला मूल्य ९२ हजार ७०० रुपैयाँ पुगेको छ ।

यस्तै,आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ कायम भएको महासंघले जानकारी दिएको छ । हिजो बुधबार तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार २०० र तेजाबी सुनको मूल्य ९१ हजार ७०० रुपैयाँ थियो । यसैगरी, आज चाँदीको कारोबार मूल्य स्थिर छ । हिजो तोलामा १२ सय ५५ रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि सोही मूल्यमा कारोबार भइरहेको महासंघले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप