मन्त्रिपरिषद्को बैठक अनिश्चित, निर्वाचनको मिति तोक्न विलम्ब

मन्त्रिपरिषदको नियमित बैठक अनिश्चित भएको छ । विहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको भएपनि आजको बैठक भने अनिश्चित भएको हो । प्रधानमन्त्री शेरबहादुर देउवाका निजी सचिव जनक भट्टले मन्त्रिपरिषदको बैठक आज नबस्ने बताए ।
उनले रातोपाटीसँग भने, ‘बिहिबार नियमित रुपमा मन्त्रिपरिषद बैठक बस्दै आएपनि आज मन्त्रिपरिषदको बैठक बस्दैन । अब अर्को बैठक सोमबार बस्छ होला ।’ यस्तै महिला बालबालिका मन्त्री उमा रेग्मीले पनि मन्त्रिपरिषद बैठक बस्ने टुंगो नभएको बताइन् । बिहिबार मन्त्रिपरिषद बैठक बसेर निर्वाचनको मिति घोषणा हुने अनुमान थियो ।
मंगलबार निर्वाचन आयोगका प्रतिनिधिसँगको भेटमा प्रधानमन्त्री देउवाले अब बस्ने मन्त्रिपरिषद बैठकबाट निर्वाचनको मिति तोक्ने बताएका थिए । आयोगले ०७९ जेठ ४ गते स्थानीय तहको निर्वाचन गर्न सिफारिस गरेको थियो ।
आयोगले प्रस्ताव गरेको मितिमा आवश्यक प्रक्रिया पुर्याएर मिति घोषणा गर्न सकिने बताएका थिए । तर आजको मन्त्रिपरिषद बैठक अनिश्चित भएपछि निर्वाचनको मिति तोक्न पनि बिलम्ब हुने भएको छ । सरकारले निर्वाचनको मिति घोषणा नगरिदिँदा आयोगले निर्वाचन कार्यतालिका ल्याउन सकेको छैन ।
आयोगका अनुसार निर्वाचनको मिति घोषणापछि अर्थ मन्त्रालयमार्फत बजेट पास गर्नुपर्छ । सरकारले मिति घोषणा गर्न बिलम्ब गर्दा आयोगलाई समयको चाप बढ्ने देखिको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय ऊर्जामन्त्रीद्वारा मुक्तिनाथमा पूजार्चना
-
प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार दुवाल र चन्दलाई
-
इसेवाले ल्यायो १ लाख जित्न सकिने अफर
-
केएल राहुलले तोडे डेभिड वार्नरको कीर्तिमान
-
कक्षा १२ को परीक्षाको संशोधित तालिका आज प्रकाशित गरिने
-
प्ले–अफ चरण प्रवेशको सम्भावना जीवित राख्न जित्नैपर्ने दबाबमा मुम्बई र हैदराबाद