राजमार्ग पुनः अवरुद्ध गर्दै जनमत आन्दोलित
सिके राउत नेतृत्वको जनमत पार्टीले फेरि पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन थालेको छ । बिहीबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर गरेको आन्दोलनले लामो दुरीका सवारीसाधन ठप्प छ ।
मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका राजमार्गमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । जनमतका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको भने पनि सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी समेत दिएका छन् । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।

उनीहरूले किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर करिब डेढ महिनादेखि आन्दोलित छन् । यस अघि पनि उनीहरूले राजमार्ग अवरुद्ध पारेर आन्दोलन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
-
पार्टीको भावी रणनीति तय गर्न राष्ट्रिय मुक्ति पार्टीको बैठक
-
रवि लामिछाने स्वदेश फिर्ता, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण