राजमार्ग पुनः अवरुद्ध गर्दै जनमत आन्दोलित

सिके राउत नेतृत्वको जनमत पार्टीले फेरि पूर्व–पश्चिम राजमार्ग बन्द गर्दै आन्दोलन थालेको छ । बिहीबार बिहानैदेखि पूर्व–पश्चिम राजमार्ग अवरुद्ध पारेर गरेको आन्दोलनले लामो दुरीका सवारीसाधन ठप्प छ ।
मधेस प्रदेशको सप्तरी, सिरहा, धनुषा, महोत्तरीलगायतका राजमार्गमा जनमतका कार्यकर्ताले सवारी आवागमनमा अवरोध गरेका छन् । जनमतका कार्यकर्ताले शान्तिपूर्ण आन्दोलन गरिरहेको भने पनि सवारी साधनमा तोडफोड र आगजनी गर्ने चेतावनी समेत दिएका छन् । राजमार्गमा ठूलो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएका छन् ।
उनीहरूले किसानलाई मलखाद समयमा उपलब्ध गराउनुपर्ने, सिँचाइको व्यवस्था वा कृषि बिजुली निःशुल्क गर्नुपर्ने, किसानलाई समेत पेन्सनको व्यवस्था गर्नुपर्ने लगायतका ११ बुँदे माग राखेर करिब डेढ महिनादेखि आन्दोलित छन् । यस अघि पनि उनीहरूले राजमार्ग अवरुद्ध पारेर आन्दोलन गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पुटिनसँग दुई घण्टा कुराकानी गरेपछि ट्रम्पले के भने ?
-
काठमाडौं उपत्यकामा एकाएक ठूलो वर्षा, देशका अन्य भागमा समेत मौसम गडबड
-
‘कालोबजारी गर्ने व्यवसायीलाई कारबाही’: मन्त्री भण्डारी
-
बैतडीमा हुरी र असिनापानी एकैसाथ, एक जना घाइते
-
जुम्लाको छुमचौर जिउलोमा मार्सीधान रोपाइँ सुरु
-
स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक पारित भएपछि छायो खुसियाली