बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

पाकिस्तानका दुई सैनिक ब्यारेकमा चरमपन्थी हमला

बिहीबार, २० माघ २०७८, १० : ०९
बिहीबार, २० माघ २०७८

पाकिस्तानस्थित बलुचिस्तान प्रान्तको नोशकी र पंजगुरमा फ्रन्टियर कोर (पाकिस्तानी अर्ध सैनिक बल) को ब्यारेकमा चरमपन्थी हमलाको घटना सार्वजनिक भएको छ । यसमा कम्तीमा एक सैनिकको मृत्यु भएको छ ।

पाकिस्तान सेनाको जनसम्पर्क विभागको तर्फबाट जारी बयानका अनुसार पंजगुरमा चरमपन्थीले दुई स्थानबाट ब्यारेकमा घुस्ने कोसिस गरे तर समय हुँदा नै कारवाही भयो र उक्त हमला विफल पारियो । यो हमलामा एक सैनिकको मृत्यु भयो र कम्तीमा दुई अन्य सैनिक घाइते भएका छन् ।

अर्कोतर्फ नोशकीमा फ्रन्टियर कोर कार्यालयमा पनि चरमपन्थी घुस्ने प्रयास गरे तर उनीहरु सफल हुन सकेनन् । उक्त हमलामा चार चरमपन्थीको मृत्यु भयो र एक सैनिक घाइते छन् ।

बलूचिस्तानका गृहमन्त्री मिर जियाउल्लाह लंगूले बीबीसीसँगको कुराकानीमा दुबै हमलाको पुष्टि गरेका छन् ।

उनले बीबीसीसँगको कुराकानीमा बिस्फोट पंजगुरमा फ्रन्टियर कोर क्याम्प नजिकै भएको जसमा ६ सुरक्षाकर्मी घाइते भएको बताए । नोशकीमा बिस्फोटपछि हाल अपरेशन जारी छ  । अपरेशन पूरा भएपछि हताहतको जानकारी साझा गरिने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप