म्यानमार हिंसा अन्त्य गर्न राष्ट्रसंघको आह्वान
बिहीबार, २० माघ २०७८, ०९ : २९
राष्ट्रसंघको सुरक्षा परिषद्ले म्यानमारमा भइरहेका सबै प्रकारका हिंसा अन्त्य गर्न आह्वान गरेको छ । त्यस्तै जारी संकट समाधान गर्न विशेष दूतलाई त्यहाँ भ्रमणका लागि अनुमति दिने पनि उसले विश्वास गरेको छ ।
दक्षिणपूर्वी एसियाली राष्ट्रहरुको संगठनले क्याम्बोडियाका विदेशमन्त्री प्राक साखोनलाई आफ्नो प्रतिनिधिको रुपमा म्यानमार पठाउन चाहेको छ । विदेशमन्त्री साखोनको म्यानमार भ्रमणलाई सुरक्षा परिषदले सम्बन्धित पक्षहरुसँग भेट गर्ने चाँडो भन्दा चाडो अवसरको रुपमा हेरेको छ ।
गत वर्ष सेनाको कुपछि त्यसको विरोधमा भएका प्रदर्शनमा विपक्षीमाथि सरकारले चरम दमन गरेको छ । प्रदर्शनका क्रममा सेनाको कारबाहीमा एक वर्षमा १५ सय जनाको मृत्यु र ११ हजार पक्राउ परेका छन् ।
सरकारले प्रजातन्त्रबादी नेतृ आङ सान सू चीलाई घरमै नजरबन्दमा राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओलीका कारण रोकियो छानबिन समितिको टीओआर, कार्यदलमा यसरी भयो सहमतिको खोजी
-
गोरखामा भेनस अस्पतालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने
-
हैदराबादलाई सजिलै हराउँदै कोलकाता फाइनलमा
-
जेठ ११ गतेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित
-
सत्तामा नहुँदा कांग्रेस पानीबाट निकालेको माछाजस्तै भट्याक भट्याक गर्दैछ : ओली
-
सिरोहियालाई जनकपुर लगियो, बुधबार म्याद थप गरिने