शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

मोरिसियसका राष्ट्रिय खेलाडी सम्मानित

बिहीबार, २० माघ २०७८, ०९ : २८
बिहीबार, २० माघ २०७८

नेपाल मोरिसियस बिजनेस काउन्सिलले मोरिसियसको राष्ट्रिय फुटबल टोली र त्यहाँको प्रमण्डललाई बुधबार सम्मान गरेको छ ।
      
काठमाडौँमा आयोजित कार्यक्रममा मोरिसियसका लागि मानार्थ वाणिज्यदूत गणेश कार्कीले त्यहाँको प्रमण्डलका प्रमुख ओजेयर जाउनो र खेलको टोली नेता अचार्ड बुरानीलगायत खेलाडीलाई सम्मानित गर्दै नेपाल र मोरिसियलबीचकै मैत्रीपूर्ण खेलले दुई देशबीचको सुमधूर सम्बन्ध अझ प्रगाढ हुन योगदान पुग्ने बताए ।

अखिल नेपाल फुलबल महासङ्घका अध्यक्ष कर्मा छिरिङ शेर्पाले खेलका माध्यमबाट दुई देशबीचको सम्बन्ध विस्तार हुने अपेक्षा व्यक्त गरे । काउन्सिलका अध्यक्ष बटु लामिछानेले खेलका साथै व्यावसायका क्षेत्रमा पनि आगामी दिनमा दुई देशबीचको सम्बन्ध विस्तार हुने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप