बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

घट्यो संक्रमणदर

बिहीबार, २० माघ २०७८, ०६ : ५१
बिहीबार, २० माघ २०७८

एक साताको अवधिमा नेपालमा कोरोना संक्रमणदर औसतमा ११.८ प्रतिशत बिन्दुले घटेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयकी प्रवक्ता डा. संगीता मिश्रले गत साताको तुलनामा कमी आए पनि जोखिम कायमै रहेको बताइन् । 

नेपालमा रहेको कोरोना संक्रमणमा पछिल्लो अनुसन्धानले पनि ओमिक्रोन भेरियन्ट नै बढी पाइएको छ । बुधबार नेपालमा कुल संक्रमणदर ३१.४ प्रतिशत रहेको छ । कुल परीक्षण भएका १९ हजार ५ सय ८२ वटा नमुनामध्ये ३ हजार ६ सय ६७ जनामा संक्रमण पुष्टि भएको हो । यो समाचार आजको नागरिक दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप