शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

विश्व इतिहासमा आज : पहिलो मानवरहित अन्तरिक्ष यान चन्द्रमामा, इरानमा इतिहासकै डरलाग्दो हिमआँधी

बिहीबार, २० माघ २०७८, ०६ : ५१
बिहीबार, २० माघ २०७८

आज सन् २०२२ को ३ फेब्रुवरी । सदा झैं आज पनि इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए ।

पाराग्वेका तानाशाहको शासन समाप्त
सन् १९८९ को ३ फेब्रुवरीमा पाराग्वेका तानाशाह अलफ्रेडो स्ट्रोस्नरको शासन समाप्त भएको थियो । पूर्व सैनिक अधिकारीसमेत रहेका अलफ्रेडोले कुमाफर्त सन् १९५४ को १५ अगस्टमा पाराग्वेको सत्ता हत्याएका थिए । 
 
इतिहासकै डरलाग्दो हिमआँधी
सन् १९७२ मा इरानमा इतिहासकै डरलाग्दो हिमआँधी आएको थियो । एक सातासम्म चलेको सो आँधीका कारण चार हजार जनाको ज्यान गएको थियो । आँधीले धेरै जसो गाउँ नै पुरेको थियो ।  
 
यासेर अराफत प्यालेस्टाइनको नेता
सन् १९६९ मा यासेर आरफात प्यालेस्टाइन लिबरेसन संगठन (पीएलओ) का नेता बनेका थिए । सन् २०११ मा मृत्युपछि पनि आराफत विवादास्पद पात्र बनेका थिए । अधिकांश अरबेली जनताहरुले उनलाई स्वतन्त्रताको योद्धा मान्छन् भने इजरायलीले अतिवादीको रुपमा व्याख्या गर्छन् ।
 
अन्तरिक्षमा लुना
सन् १९६६ मा सोभियत अन्तरिक्ष यान लुना ९ चन्द्रमामा पुगेको थियो । लुना चन्द्र्रमामा अवतरण पहिलो मानवरहित अन्तरिक्ष यान हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप