प्रचण्ड र माधवलाई देउवाको बचन : मेरो तर्फबाट दायाँबायाँ हुँदैन

प्रधानमन्त्री शेरबहादुर देउवाले आफु गठबन्धन टुटाउने पक्षमा नरहेको प्रस्ट पारेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार बिहान र बेलुका भएका भेटमा प्रधानमन्त्री देउवाले यस्तो विश्वास दिलाएका हुन् ।
‘मेरो तर्फबाट गठबन्धन टुट्दैन, तपाईंहरु आफैं टुटाएर जानुहुन्छ भने म जान्दिनँ’, बुधबार बेलुका प्रचण्ड र नेपालसँगको भेटमा देउवाले भनेका छन्,‘मेरो तर्फबाट कुनै दायाँबायाँ हुँदैन ।’ केही दिनयता गठबन्धनभित्र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) संसदबाट पारित गर्ने कि नगर्ने भन्ने विषय निकै पेचिलो बनेको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी सम्झौता संसदमा लैजाने र गठबन्धनका अन्य नेता सम्झौता संशोधन नगरी लैजान नहुने अडानमा रहेकाले गठबन्धनमा एमसीसी पेचिलो बनेको हो । सोही क्रममा मंगलबार काँग्रेस उपसभापति पूर्णबहादुर खड्का र ज्ञानेन्द्र कार्की माओवादी अध्यक्ष प्रचण्ड भेट्न खुमलटार पुगेका थिए भने बुधबार गृहमन्त्री समेत रहेका काँग्रेस नेता बालकृष्ण खाँणले नेकपा समाजवादीका अध्यक्ष माधव नेपाल र प्रचण्डको निवासमै गएर भेटेका थिए । ती भेटमा खड्का, खाँण र कार्कीले एमसीसी अघि बढाउन सहयोग गर्न दुवै अध्यक्षलाई आग्रह गरेका थिए । त्यसपछि अध्यक्ष प्रचण्ड र नेपाल दुवैले बुधबार बिहान र साँझ दुई पटक देउवासँग छलफल गरेका थिए ।
उक्त छलफलपछि प्रधानमन्त्री देउवा पनि एमसीसीबारे फरक–फरक बुझाइ रहेकाले आगामी दिनमा थप छलफल गर्दै अघि बढ्न आफु तयार रहेको बताएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महाशिवरात्रि : आकर्षक बनाइँदै पशुपति क्षेत्र
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने