शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

समयमै निर्वाचन गराउन दवाव दिँदै ताप्लेजुङमा नमूना मतदान

बुधबार, १९ माघ २०७८, २० : ५५
बुधबार, १९ माघ २०७८

सरकारलाई समयमै स्थानीय तहको निर्वाचन गराउन दवाव स्वरुप ताप्लेजुङमा एमाले सम्बद्ध भातृ संगठनले नमूना मतदान कार्यक्रम गरेका छन् । राष्ट्रिय युवा संघ नेपाल, अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन र अखिल नेपाल महिला संघले ताप्लेजुङमा नमूना मतदान कार्यक्रम सम्पन्न गरिएको अनेरास्ववियु पूर्व केन्द्रीय सदस्य हेमराज निरौलाले बताए । 

निरौलाकाअनुसार पाँच दलीय गठबन्धन सरकारले संविधानलाई अपव्याख्या गर्दै निर्वाचन पर धकेल्ने दुष्प्रयास गरेको भन्दै दवावस्वरुप उक्त कार्यक्रम गरिएको हो । ताप्लेजुङ सदरमुकाम फुङलिङमा गरिएको कार्यक्रममा नगरपालिकाका मेयरसहित करिब १ सय ५० जनाले नमूना मतदानमा सहभागिता जनाएका थिए ।  कार्यक्रम १ घण्टा सम्म आयोजना गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप