शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमाले प्रचार विभागमा थपिए नौ सदस्य

बुधबार, १९ माघ २०७८, २० : १३
बुधबार, १९ माघ २०७८

नेकपा एमालेले पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभागमा नौ जना सदस्य मनोनीत गरेको छ ।  भक्तपुरमा बुधबार बसेको केन्द्रीय सचिवालय बैठकले प्रचार विभागमा नौ जना सदस्य थपेको हो । 

थपिएका सदस्यहरूमा गगन विष्ट, प्रमोद दाहाल, गणेश बस्नेत, निर्मला शर्मा, उजिर मगर, टीका विष्ट, चेतन अधिकारी, महेश दास र रोशन खड्का रहेका छन् । यसअघि मङ्सिर अन्तिम साता बसेको केन्द्रीय समिति बैठकले प्रचार विभाग प्रमुखमा उपमहासचिव समेत रहेका पृथ्वी सुब्बा गुरुङ र उपप्रमुखमा केन्द्रीय सदस्य विष्णु रिजाललाई जिम्मेवारी दिएको थियो । बुधबारको सचिवालय बैठकले प्रचार विभागका साथै  उद्योग, वाणिज्य तथा आपूर्ति विभाग, पार्टी स्कुल विभाग, सहकारी तथा गरिबी निवारण विभाग र स्थानीय तह विभागमा समेत सदस्यहरू मनोनयन गरेको प्रचार विभाग प्रमुख गुरुङले जनाकारी दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप