शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेले ७७ वटै जिल्ला कमिटीमा आइटी विज्ञ राख्ने

बुधबार, १९ माघ २०७८, १९ : २२
बुधबार, १९ माघ २०७८

नेकपा एमालेले ७७ वटै जिल्ला कमिटीहरुमा आइटी विज्ञ नियुक्त गर्ने भएको छ ।  बुधबार बसेको केन्द्रीय सचिवालयको बैठकले आइटी विज्ञ नियुक्त गर्ने निर्णय हो । केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको  प्रचार विभाग प्रमुख एवम् पार्टी उपमहासचिव पृथ्वीसुब्बा गुरूङले जानकारी दिए ।

‘केन्द्रीय कार्यालयसँग प्रत्यक्ष जोडिनका लागि हरेक जिल्लाका पार्टी कार्यालयमा आइटी विज्ञ राख्ने निर्णय भएको छ’ उनले भने । फागुन र चैत महिनासम्म सदस्यता वितरण र नवीकरण गर्ने निर्णय सचिवालय बैठकले गरेको छ ।  प्रदेश र जिल्लामा नवीकरण र अद्यावधिक पनि गरिने उनले बताए । नियमावली अनुसार पार्टी सदस्यता शुल्क केन्द्रमा ४०, प्रदेशमा ३० जिल्ला २५ र पालिका १० प्रतिशत राख्ने निर्णय भएको उनले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप