आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवाको पुत्ला दहन

बुधबार, १९ माघ २०७८, १८ : ३२
बुधबार, १९ माघ २०७८

नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनले जनकपुरधाममा प्रधानमन्त्री शेरबहादुर देउवाको पुतला दहन गरेका छन् । पुतला दहन गर्नु अघि बुधबार सडक बहस कार्यक्रम समापनपछि प्रधानमन्त्री देउवाको पुतला दहन गरेका हुन् । सो क्रममा प्रहरीसँग सामान्य झडप समेत भएको थियो ।

पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि र स्थानीय तहको निर्वाचन जेठ ४ मै गर्नुपर्ने माग गर्दै प्रधानमन्त्री देउवाको पुत्ला दहन गरेका थिए । पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता हुनुपर्ने र निर्वाचनको मिति चाँडै घोषणा हुनुपर्ने मागसहित उनीहरूले टायर बालेर विरोध प्रदर्शन पनि गरेका थिए । सरकारले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्यमा वृद्धि गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप