शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

देशभर मनाइयो सोनाम ल्होसार

बुधबार, १९ माघ २०७८, १७ : १६
बुधबार, १९ माघ २०७८

तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसार आज (बुधबार) देशभर मनाइएको छ । काठमाडौंसहित देशभरका विभिन्न स्थानमा तामाङ समुदायहरुले ल्होसार पर्व मनाएका हुन् । गत काठमाडौंको टुँडिखेलमा हरेक वर्ष ल्होसारको रौनकता छाउने भएपनि यसवर्ष भने कोरोना महामारीलाई मध्यनजर गर्दै साँस्कृतिक कार्यक्रम हुन सकेन । गत वर्षहरुमा ल्होसारको रौनक फरक भएपनि यस वर्ष टुँडिखेलमा कुनै कार्यक्रम नरहेकोले नरमाइलो लागेको टुँडिखेल पुगेकाहरू बताउँछन् । 

कोरोना भाइरसका कारण यस वर्ष घरमा पनि मानिसहरु भेला भएर राम्रोसँग मनाउन नपाएको उनीहरुले बताए । साँस्कृतिक कार्यक्रम गर्नैपर्छ भन्ने नभए पनि सधैँ गरिरहेको तर यसवर्ष नहुँदा रमाइलो नलागेको उनीहरुको भनाइ छ ।
सरकारले तामाङ समुदायको विशेष पर्व सोनाम ल्होसारको अवसरमा सार्वजनिक बिदा समेत दिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप