शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

इन्धनको मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर, फिर्ता लिन माग

बुधबार, १९ माघ २०७८, १५ : २७
बुधबार, १९ माघ २०७८

नेपाल यातायात स्वतन्त्र मजदूर संगठनले तत्काल इन्धनको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ । संगठनका अध्यक्ष भीमज्वाला राई र महासचिव केशव थापाले बुधबार जारी गरेको विज्ञप्तिमा मूल्यवृद्धिले श्रमजीवी जनतालाई गम्भीर असर परेको उल्लेख गरिएको छ । 

‘आधारभूत तहका जनताको जीवनसँग जोडिएको अत्यावश्यक वस्तु इन्धनको मूल्यवृद्धि तत्काल फिर्ता लिन सरकारलाई हार्दिक अपिल गर्दछौँ’, विज्ञप्तिमा भनिएको छ, ‘आयल निगमभित्र हुने चुहावटलाई रोक्दै आर्थिक रुपमा पारदर्शी र मितव्ययी बनाउनुको सट्टा घाटाको सम्पूर्ण भार जनतामाथि थुपार्ने गरि गरिएको जनविरोधी निर्णय सच्याउँन सरकारलाई आग्रह गर्दछौँ ।’

निगमलाई व्यवस्थित गर्दै सुदृढिकरण गर्नु पर्नेमा निर्लज्ज जनतामारा निर्णय गर्ने निगमका तालुकदारहरु र तीनलाई संरक्षण गर्ने सरकारले जनताको भावनालाई सम्बोधन गर्दै मूल्य बृद्धि तत्काल फिर्ता लिनु पर्ने विज्ञप्तिमा उल्लेख छ ।  अन्यथा श्रमजीवी जनताको आन्दोलनको सामना गर्न तयार रहन सरकारलाई विज्ञप्तिमार्फत चेतावनी दिइएको छ । 

नेपाल आयल निगमले माघ १८ गते मंगलबार राति १२ बजेदेखि लागु हुने गरी डिजेल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँले वृद्धि गरेको थियो । मूल्य बढेसँगै डिजेल र मट्टितेल प्रलिलिटर १२५ तथा पेट्रोल प्रतिलिटर १४२ पुगेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप