अमेरिकाले युएईको मद्दतका लागि पठाउनेछ लडाकू विमान र मिसाइल नष्ट गर्ने युद्धपोत
अमेरिकाले यमनका विद्रोहीहरुको हमलाविरुद्ध युएईकामे मद्दतका लागि जंगी जहाज र फाइटर जेट्स पठाउनेछ । अमेरिकाका रक्षामन्त्री लोयड अस्टिन र युएईका युवराज मोहम्मद बिन जायेद अल नहयानबीच फोनवार्तापश्चात् अमेरिकाले यो निर्णय लिएको हो ।
अमेरिकी रक्षा मन्त्रालयको तर्फबाट जारी बयानमा भनिएको छ, ‘दुबै नेताले हुती विद्रोहीको पछिल्लो हमलाबारे चर्चा गरे जसमा युएईका केही नागरिकको मृत्यु भएको छ । पेन्टागनका अनुसार हुती विद्रोहीको हमलाका कारण अमेरिका र युएइकाम सैनिकको सुरक्षामाथि पनि प्रश्न उठिरहेका छन् । अमेरिका युएईसँग आफ्नो रणनीतिक साझेदारीका लागि प्रतिबद्ध भएको कुरामा रक्षामन्त्री लोयड अस्टिनले जोड दिएका छन् ।’
Readout of Secretary of Defense Lloyd J. Austin III's Call With Crown Prince Mohammed Bin Zayed Al Nahyan of the UAE: https://t.co/mJRFZv6gsn pic.twitter.com/PO63o1WOPU
— US Mission to UAE (@USAinUAE) February 2, 2022
अमेरिकी रक्षा मन्त्रालयका अनुसार अमेरिकाले मिसाइल नष्ट गर्ने युद्धपोत युएसएस कोललाई युएई पठाउनेछ, जसले त्यहाँको नेवीसँग मिलेर काम गर्नेछ । अमेरिकी रक्षा मन्त्रीले युएईका युवराजबारे जानकारी दिँदै अमेरिका उनको मद्दतका लागि फाइटर एयरक्राफ्ट पनि तैनाथ गरिरहेको छ । अघिल्लो महिना युएईमाथि हुती विद्रोहीले ड्रोन हमला गरेको थियो जसमा तीनजनाको मृत्यु भएको थियो ।
#BREAKING US to send warship, fighter jets to UAE after Yemen attacks: statement pic.twitter.com/CTyGU6fZSL
— AFP News Agency (@AFP) February 2, 2022
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशमा सिकेको सीप मातृभूमिको उन्नयनमा उपयोग गर्न मन्त्री भण्डारीको आग्रह
-
घनश्यामको प्रस्तावमा माधवको कैँची, कार्यविभाजनले असन्तुष्टि सामसुम !
-
यस्तो छ ‘द्रौपदी’ लुक्स
-
दुर्गा प्रसाईंको रिट खारेज, ऋण असुली गर्न बैंकलाई सहज
-
मिडल अर्डरमा राम्रो गर्न सकेनौँ : कप्तान आसिफ
-
चियासँग चुरोट पनि पिइरहनु भएको त छैन ?