
दक्षिण कोरिया बन्यो एसियाबाट कतार विश्वकपमा स्थान बनाउने दोस्रो टिम

दक्षिण कोरिया कतार विश्वकप-२०२२ का लागि स्थान बनाउने दोस्रो एसियाली राष्ट्र बनेको छ । यसै हप्ता इरान विश्वकपमा छनोट हुँदा मंगलबार भएको खेलमा घरेलु टोली सिरियालाई २-० ले पराजित गर्दै कोरियाले विश्वकपमा स्थान बनाएको हो । दुबईको अल रसिद मैदानमा भएको खेलमा कोरियालाई जिताउन जिन सु किम र चिङ हुनले एक-एक गोल गरे ।
यससँगै समूह ‘ए’ बाट विश्वकपमा दुई टोलीले स्थान बनाए । इरान आठ खेलबाट २२ अंकसहित शीर्षस्थानमा रहँदै यसअघि नै विश्वकपमा स्थान बनाएको छ । समान आठ खेलमा २० अंक जोडेको कोरिया दोस्रो स्थानमा रहँदै छनोट भयो ।
यता, समूह ‘बी’ को खेलमा जापानले घरेलु मैदानमा साउदी अरेबियालाई २-० अन्तरले पराजित गर्यो । जापानको जितमा तुकुमी मिनामिनो र जुन्या इतोले एक एक गोल गरे । जापानको जितसँगै समूह ‘बी’ मा विश्वकपमा स्थान बनाउन तीन टोलीबीच प्रतिस्पर्धा हुने भएको छ ।
आठ खेलबाट साउदी १९ अंकसहित शीर्षस्थानमा छ । दोस्रो स्थानको जापानको १८ अंक छ भने १५ अंकको अष्ट्रेलिया तेस्रो स्थानमा छ ।
मंगलबार नै भएको खेलमा अष्ट्रेलियाले ओमानसँग २–२ गोलको बराबरी खेल्यो । यस समूहबाट समेत दुई टोली विश्वकपमा सिधै स्थान बनाउने छन् । दुवै समूहका तेस्रो टोलीबाट विजेता हुने टिमले दक्षिण अमेरिकी पाँचौ टोलीसँग प्रतिस्पर्धा गर्दै विश्वकपको ढोका खोल्न सक्नेछ ।
कमेन्ट
कमेन्ट गर्नुहोस्

रातोपाटीको अंग्रेजी, हिन्दी र ग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
तपाईको ईमेल गोप्य राखिनेछ