शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना संक्रमणबाट एक युवकको मृत्यु

बुधबार, १९ माघ २०७८, १२ : ०८
बुधबार, १९ माघ २०७८

पर्साको वीरगंजमा कोरोना संक्रमित एक युवकको मृत्यु भएको छ । वीरगन्जस्थित नारायणी अस्पतालमा उपचाररत संक्रमित बारा जिल्लाको निजगढ नगरपालिका वडा नम्बर ३ बघदेव ठेगाना भएका २२ वर्षीय युवकको मृत्यू भएको हो ।

उनलाई भेन्टिलेटर सपोर्टका लागि माघ १० मा आइतबारका दिन एक निजी अस्पतालबाट नारायणी अस्पतालमा पठाईएको थियो । संक्रमित युवकको मंगलबार नै मृत्यु भएको अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिंहले माघ १० मा संक्रमण पुष्टि भएका युवकले कोरोनाविरुद्धको भ्याक्सिन लगाएका थिएनन् ।

गम्भीर किसिमको कोभिड निमोनियाबाट संक्रमित युवकलाई कमजोरी र मांसपेसी सम्बन्धि रोग पहिलादेखि नै रहेको अस्पतालले बताएको छ । 

युवकको मृत्युसँगै तेस्रो लहरको क्रममा पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ पुगेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप