चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको शक्ति र लोकप्रियतालाई रोक्न पाँच दलीय गठबन्धन बनेको बताएका छन् । महासचिव पोखरेलले अव हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँमा नयाँ जनादेशले ठाउँ लिने पनि बताएका छन् ।
बुधबार सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले भनेका छन्, ‘जनादेशको सम्मान,राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँच दलीय गठबन्धन ।’
त्यस्तै उनले चुनावमा जनता नै न्यायाधीश हुने भन्दै अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने र त्यसको ठाउँ नयाँ जनादेशले लिने दावी समेत गरेका छन् । ‘चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन् । एजेण्डा विहिन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो’, पोखरेलले भनेका छन्, ‘अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेरिस्त बोकेर जनताका बीचमा जाऔं । जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुजाता नेतृत्वको कांग्रेस प्रतिनिधिमन्डलद्वारा चिनियाँ नेताहरूसँग छलफल
-
एनआरएनए उच्चस्तरीय समितिको बैठक आह्वान
-
अमेरिकामा ट्रम्पसँग कुन प्रश्नको स्पष्ट उत्तर चाहन्छन् जेलेन्स्की ?
-
गणतन्त्रविरुद्धको आन्दोलन सम्भव छैन : पूर्व उपराष्ट्रपति पुन
-
‘दुश्मन हेरेको हेरै...’ चलेपछि दुर्गेशलाई भ्याइनभ्याइ
-
महाशिवरात्रिमा पाँच फिल्म : कुनै घोषणा, कुनै फ्लोरमा